करेन्ट लागेर बालकको मृत्यु

Prabhu Bank

काठमाण्डौ । काभ्रेको बनेपा नगरपालिका १ नाला टुकुचामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

Saftey Pads

पानी तान्ने मोटरको तार खेल्ने क्रममा बिहीबार ४१ महिने रिदेश श्रेष्ठको मृत्यु भएको हो।

करेन्ट लागेको बालकलाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए।

बालकलाई बनेपामा स्थित शीर मेमोरियल अस्पतालमा पोष्टमार्टमको लागि लगिएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
Maruti Cement