किशोरी बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

Prabhu Bank

ओखलढुंगा । ओखलढुंगामा किशोरी बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन्।

Saftey Pads

प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन्। सप्तरी घर भएका यादवले १८ वर्षीय एक किशोरीलाई करणी गरेको आरोप पक्राउ गरिएको हो।

यादवले जंगलमा घाँस काट्न गएकी किशोरीलाई मंगलबार जबरजस्ती करणी गरेको पीडितको आरोप छ। यादवले करणी गरिरहेका बेला किशोरीका बुवाले देखेपछि घटना बाहिर आएको हो।

प्रहरीले जंगलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयले प्रहरी चौकी घेराउ गरेका थिए। चौकी तोडफोडको स्थिती आएपछि पीडित र आरोपित प्रहरीलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको छ। पीडितले महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी छिन्।

अन्य सम्बन्धित समाचार:  व्यावसायिक रबर खेतीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

यादवले यस अघि जङ्गलमै घाँस काट्न गएको समयमा श्रावण दुई गते पनि उक्त किशोरी लाई आश्वासन दिएर यौन सम्पर्क राखेको खुलेको छ। पीडितले किटानी जाहेरी दिएपछि यादवलाई अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए।

पटक–पटक दुवैजनाले फोन सम्पर्क गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले सहमतीमै यौन सम्पर्क भएको हुन सक्ने मल्लले बताए।

Maruti Cement