अर्पाटमेन्टमा भेटियो जुवाखाल, २१ युवक पक्राउ

Prabhu Bank

काठमाण्डौ । ललितपुरको डाउनटाउन अर्पाटमेन्टमा जुवाखाल भेटिएको छ। प्रहरीले उक्त अर्पाटमेन्टमा कौडा तथा जुवातास खेलिरहेकाहरुलाई पक्राउ गरेको हो।

Saftey Pads

ललितपुर महानगरपालिका २३ धापाखेलस्थित अर्पान्टमेन्टमा जुवा खेलाउने रंजित महर्जनलाई पक्राउ गरेको हो।

उनले डाउनटाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामा कौडा खेलाइरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।

उनीहरुको साथबाट ८ लाख ४० हजार रुपैयाँ, कौडा १६ थान, पासा एक सेट र एक बुक तास बरामद भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।

सातदोबाटो वृत्तबाट खटिएको टोलीले लामो समययता जुवा खेलाउने समूहलाई पक्राउ गरेको थियो।

अर्पाटमेन्टमा जुवा खेलाउनेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै पर्वतका विद्यालय
Maruti Cement