उपत्यकामा प्रदेश राजधानी हुँदैनः मुख्यमन्त्री

Prabhu Bank

काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सिंहदरबारकको छायाँमा कुनै पनि हालतमा प्रदेशको राजधानी हुन नदिने बताएका छन्।

Saftey Pads

बिहीबार काठमाडौंमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आफ्नो घरपायक हेटौँडामै राजधानी हुनुपर्ने पक्षमा पनि आफू नरहेको बताएका हुन्।

मुख्यमन्त्री पौडेलले आफूले २० औँ वर्षदेखि काठमाडौंको जनसंख्यालाई अन्यतत्र लगिनुपर्ने अडान राख्दै आएको बताए।
पौडेलले राजधानी रामेछाप नुवाकोट जहाँ लगे पनि हुने बताए।

पौडेलले प्रदेश ३ को राजधानी र नामको पनि अबको केही दिनमै टुंगो लाग्ने बताए।

अन्य सम्बन्धित समाचार:  नुवाकोटमा पत्रकार कुटने सचिव पक्राउ
Maruti Cement