कर्मचारी युनियन खारेज गर्न साझा पार्टीको माग

Prabhu Bank

काठमाण्डौ । संसदीय समितिमा विचाराधिन ‘संघिय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धी विधेयक’प्रति साझा पार्टीले आपत्ति जनाएको छ।

Saftey Pads

पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्धारा जारी विज्ञप्तीमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन अवस्थामा रहेको सो विधेयकको दफा १२० प्रति साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको जनाइएको हो।

प्रस्तावित विधेयकको दफा १२० मा ‘निजामती कर्मचारीको हक हितका लागि सामुहिक संवाद र सहमति गर्न तथा कर्मचारीको तर्फबाट प्रतिनिधित्व गर्नका लागि एक आधिकारिक ट्रेड युनियन हुने’ व्यवस्था गरेको छ।

उक्त व्यवस्थाले कर्मचारीलाई नागरिकको सेवामा भन्दा राजनीतिमा बढी अभिरुची पैदा गर्ने देखिएको भन्दै साझा पार्टीले आपत्ति जनाएको छ। विधेयकको दफा १२० खारेज गर्नुपर्ने र खारेज नभएमा संयूक्त विरोध तथा संघर्षको लागि समेत पार्टी तयार रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

अन्य सम्बन्धित समाचार:  पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

क्षणिक राजनीतिक लाभको लागि कर्मचारीलाई राजनीतिमा तानेर फाइदा लिने राजनीतिक दलहरुको विगतलाई समिक्षा गर्दा निजामती सेवामा ट्रेड युनियन गठन गर्न दिनुनै अप्रत्यक्ष रुपमा कर्मचारीलाई दलीय विभाजनमा तान्नु साझा पार्टीको ठहर छ।

दलैपिच्छे रहेका कर्मचारी यूनियनले सुशासनलाई धराशायी बनाउँदै गएकाले विद्यमान कर्मचारी युनियनहरू पुर्णरूपमा खारेज गर्न समेत साझा पार्टीले विज्ञप्तीमार्फत जोडदार माग गरेको छ।

साझा पार्टीले भने यसअघि नै कर्मचारी युनियन नबनाउने घोषणा गरिसकेको छ। कर्मचारीलाई युनियनबाजी गर्न दिएर कुनै पनि हालतमा देशले प्रगति गर्न नसक्ने साझाको ठहर छ।

साझाले युनियनबाजी कै कारण विकास र संवृद्धिका एजेन्डा कार्यान्वयनमा उपलब्ध स्रोतसाधनको समेत प्रभावकारी उपयोग हुन नसकेको बताएको छ।

अन्य सम्बन्धित समाचार:  झापामा शसस्त्र प्रहरीले वार्षिक लाखौँ घोटाला गरेको खुलासा
Maruti Cement