ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु 

Prabhu Bank

सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिकास्थित ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

Saftey Pads

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना। ५६ प १०४८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना५ख ६०१४ नम्बरको ट्रकसँग ठोकिँदा विहीबार मध्यान्ह बरहथवा नगरपालिका–४ का १९ वर्षीय विक्रम दास कथवनिया र सोही ठाउँका २९ वर्षीय मनोजकुमार दासको मृत्यु भएको हो।

ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते विक्रमको स्थानीय नमूना अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो भने मनोजको थप उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा हेटौँडा पुगेपछि मृत्यु भएको हो।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल हरिवन नगरपालिका ११, स्थित चापिनी पुल छेउमा विपरीत दिशाबाट आफ्नै साइडमा आइरहेको ट्रकमा ठोकिन पुगेको थियो।

अन्य सम्बन्धित समाचार:  विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग

मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाइएको छ भने ट्रकका चालक भने फरार रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

Maruti Cement