अपडेटः त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो

Prabhu Bank

काठमाडौं। त्रिशूली नदीमा यात्रुवहाक बस खस्दा ज्यान गुमाउनको सङ्ख्या ४ पुगेको छ।

Saftey Pads

सर्लाहीको मलंगवाबाट काठमाडौंको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटबाट त्रिशूली नदीमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको हो।

त्यस्तै १६ जना गम्भीर घाइते भएका र अन्य २० भन्दा बढी यात्रु हराइरहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरी र स्थानीय मिलेर १६ जना घाइतेको उद्धार गरेको र उनीहरुको मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अहिलेसम्म ४ जनाको शव भेटिएको र तीमध्ये दुई जनाको सनाखत भएको छ। ज्यान गुमाएकामध्ये सर्लाहीका ३५ वर्षका अजय दास र २५ वर्षका विजय कुर्मीको मात्र परिचय खुलेको धादिङ प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  पहिराेले बेँसीशहर–चामे सडक अवरुद्ध

बसमा चालक तथा सहचालक गरी ५० जना सवार रहेका बताइएको छ।

Maruti Cement