घरायसी विवाद हुँदा छोराले गरे बुबाको हत्या

Prabhu Bank

झापा । दाउराको चिर्पट प्रहार गरी आफ्नै छोराले बुबाको हत्या गरेका छन्।

Saftey Pads

झापा कमल गाउँपालिका १ बस्ने अन्दाजी ३१ वर्षीय छोरा प्रकाश थापाले उनकै बुबा अन्दाजी ७० वर्षीय सूर्यबहादुर थापाको हत्या गरेका हुन्।

प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार शुक्रवार बिहान ७ बजेको समयमा बुबा छोराबिच घरायसी विवाद हुँदा छोराले दाउराको चिर्पट बुबाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

यता बुबाको हत्या गर्ने छोरा प्रकाशलाई प्रहरी चौकी तोपगाछीबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
Maruti Cement