सागका लागि खेलाडी दर्ता कात्तिक दोस्रो साताभित्र गराउनु पर्ने

Prabhu Bank

काठमाण्डौ । आगामी मंसिर महिनामा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने खेलाडीहरुको नाम दर्ता मिति तोकिएको छ।

Saftey Pads

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित बसेकोे बैठकले कात्तिक १४ भित्र सागमा सहभागी हुने खेलाडीको नाम दर्ता गर्नु पर्ने निर्णय गरेको हो।

सार्क क्षेत्रका देशहरुको खेलकुदको कुम्भमेला साग खेलकुदमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तानको सहभागिता रहनेछ।

त्यस्तै ८ वटै देशले आफू सहभागी हुने खेलको टुंगो असोज १३ भित्र लगाउनु पर्ने पनि निर्णय गरिएको छ। बैठकले भदौ ७ मा ह्यान्डबुक निकाल्ने पनि निर्णय गरेको छ।

अन्य सम्बन्धित समाचार:  क्रिकेट संघको बोर्ड बैठक चितवनमा

आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुने प्रतियोगितामा २७ खेलमा प्रतिस्पर्धा हुने तय छ।

Maruti Cement