नक्कली पैसा छाप्ने मेसिनसहित ४ जना पक्राउ

Prabhu Bank

धनगढी । कैलालीमा नक्कली पैसा छाप्ने मेसिनसहित चार जना पक्राउ परेका छन्।

Saftey Pads

पक्राउ परेका कैलालीको चुरे गाउँपालिका १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका ३ का २४ वर्षीय पल्लपराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्कालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

धनगढी उपमहानगरपालिका १ नैनादेवी मन्दिरनजिकै उनीहरुले डेढ महिनादेखि नेपाली नक्कली नोट छाप्ने गरेको कैलाली प्रहरी उपरीक्षक सुदिपबहादुर गिरिले जानकारी दिए। गोकुल नक्कली नोट छाफ्ने योजनाका मुख्य नायके हुन्। ४ जनालाई फरक फरक मितिमा पक्राउ गरेको हो।

गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको हो भने अन्य ३ जना धनगढीमा नै पक्राउ परेको प्रहरी उपरीक्षक गिरिले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  अमरगढी उपप्रमुखको गाउँमै बल्दैन बिजुली

उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ।

पछिल्लो दुई महिनामा धनगढीमा तीनपटक नक्कली नोट फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। नक्कली नोट कारोबारीले पहाडी दुर्गम र भीडभाड हुने ठाउँमा नक्कली नोट प्रयोग गर्दै आएको प्रहरीको भनाई छ।

यसअघि पनि प्रहरीले कैलालीको कैलारी गाउँपालिका(५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरीलाई र भारतीय नागरिक श्रवणकुमार सिंह र गरुजित सिंहलाई नक्कली नोटसहित पक्राउ गरेको थियो। शुक्रबार उनीहरुलाई पनि प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

कैलालीमा एकपछि अर्को गर्दै नक्कली नोट फेला पर्न थालेपछि वित्तीय कारोबार हुने संस्था, पसल, अस्पतालमा चुनौती थपिनुका साथै प्रहरीलाई समेत चूनौति थपिएको छ।

अन्य सम्बन्धित समाचार:  सप्तरी बलात्कार घटना : दुई पक्राउ
Maruti Cement