नेपालगन्जको फर्निचर पसलमा भिषण आगलागी

Prabhu Bank

नेपालगन्ज । नेपालगञ्जको बीपिचौक नजिक भिषण आगलागी भएको छ। बिहिबार राती१२ वटा फर्निचर पसलसहित १३ वटा पसलमा आगलागी भएको हो।

Saftey Pads

नेपालगन्जको सुर्खेतरोडस्थित बिपिचौकदेखि उत्तरपूर्वीलाईनमा रहेका लस्करै फर्निचर पसलहरुमा भिषण आगलागी भएको हो।

बिहीबार राती सवा ११ बजेतिर न्यू एवान फर्निचर पसलबाट सुरु भएको आगोले आसपासमा रहेका १२ वटा फनिर्चर पसल र १ डेन्टल ल्याव जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए।

उनले आगलागीमा परेर कुनै मानविय क्षति भएपनि करिव ३ करोडको धनमाल नष्ट भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बताए। उनले दमकलका लागि पानी भर्ने स्टेशन नजिक नभएको कारण आगो नियन्त्रणमा लिन समय लागेको बताए।

अन्य सम्बन्धित समाचार:  डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिक अगुवाहरुको माग

आगलागी नियन्त्रणमा लिनको लागि नेपालगन्ज, कोहलपुर, नेपालगन्ज विमानस्थल, र बर्दियाको गुलरिया नगरपालिकाको दमदमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान ५ बजे मात्र नियन्त्रणमा आएको थियो।

Maruti Cement