इनारमा खसेर महिलाको मृत्यु

Prabhu Bank

चितवन । इनारमा खसेर चितवनमा एक महिलाको मृत्यु भएको छ।

Saftey Pads

नवलपुर गैँडाकोटका ४० वर्षीय इन्द्रकला भुषालको शुक्रबार इनारमा खस्दा मृत्यु भएको हो।

भरतपुर महानगरपालिका–९ आदर्शचोक माइती आएकी भुषाल कपडा सुकाउने क्रममा इनारको ढकनीमाथि चढेकी थिइन्।
ढकनी भाँचिँदा उनी बिहान साढे ६ बजे इनारभित्र खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनलाई प्रहरीको टोलीले उद्धार गरी भरतपुर अस्पतालमा पठाएको थियो। उपपचारको क्रममा भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  रोटरीबाट पत्रकार पुरस्कृत
Maruti Cement