पशुपति क्षेत्रको पर्यावरणीय सुरक्षाका लागि प्रतिबद्धः वनमन्त्री

Prabhu Bank

काठमाण्डौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पशुपति क्षेत्रको पर्यावरणीय सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

Saftey Pads

काठमाण्डौंका पशुपतिनाथ मन्दिर क्षेत्रमा शुक्रबार वृक्षारोपण गर्दै मन्त्री बस्नेतले वातावरणीय दुस्प्रभावबाट जोगिन सरकार, सरोकारवाला र आमजनताबीच सहकार्य हुनुपर्नेमा जोड दिएका हुन्।

भू संरक्षण दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालय, लायन्स क्लब अफ काठमाण्डु न्यू वेभ्स र पशुपति क्षेत्र विकास कोषको सहकार्यमा वृक्षारोपण गरिएको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको पर्यावरणीय संरक्षणको उद्देश्यले पशुपतिस्थित कैलाश क्षेत्रमा वृक्षारोपण गरिएको हो।

त्यस क्रममा समीलगायत विभिन्न प्रजातिका दुई सय बढी विरुवा रोपिएको थियो। पशुपति क्षेत्र विकास कोषको सचिवालयका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले रोपिएका बिरुवाको संरक्षण कोषले गर्ने जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक
Maruti Cement