घुस लिँदालिँदै सडक डिभिजन प्रमुखसहित ३ जना पक्राउ

Prabhu Bank

पोखरा । घुस लिँदालिँदै सडक डिभिजन कार्यालय, पोखराका कार्यालय प्रमुख सहित ३ जना पक्राउ परेका छन्।

Saftey Pads

सडक कार्यालय प्रमुख हरिकुमार पोख्रेल र इञ्जिनियर पवित्रमणि आचार्य र निर्माण व्यवसायी ऋषि गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालय पोखराले विहीवार ९ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो।

प्रमुख पोखरेलकै निवासबाट उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। घुस रकम दिई भागेका गौतमलाई भने प्रहरीले पोखरा ५ मा रहेको उनकै निर्माण कम्पनी जिएमआर निर्माण सेवाबाट नियन्त्रणमा लिएको हो।

स्रोतका अनुसार सडक डिभिजन कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी निर्माण व्यवसायी गौतमले सो रकम बुझेका थिए।

अख्तियारका क्षेत्रीय प्रमुख काशीराज दाहालले घटनाको पुष्टि गर्दै यसबारे आफ्नो टोलीले अनुसन्धान जारी राखेको जनाए।

अन्य सम्बन्धित समाचार:  वामदेव गाैतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय बदर गर्न माग सहित सर्वाेच्चमा रिट
Maruti Cement