स्वयम्भू गोलीकाण्डः गाउँपालिका अध्यक्षलाई धम्की दिने दुई लुटेरा पक्राउ

Prabhu Bank

काठमाडौं । स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर दुई लुटेरालाई पक्राउ गरेको छ।

Saftey Pads

प्रहरीले गोली प्रहार गरी रामेछापको गेलु घर भएका लोप्साङ भन्ने मिलन लामा र अमृत तामाङलाई पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार घुँडामुनि गोली हानेर लोप्साङलाई पक्राउ गरिएको हो।

लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको एसएसपी थापाले बताए।

मिलनले रामेछापको लिखु गाउँपालिकाका जनप्रतिनिधि गोविन्द खड्कासँग दुई करोड मागेका थिए। उनले डर धम्की देखाई पैसा असुली गर्न थालेपछि प्रहरीले खोजिरहेको थियो।

अन्य सम्बन्धित समाचार:  डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिक अगुवाहरुको माग
Maruti Cement