प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

Prabhu Bank

बाग्लुङ । विद्यालयका प्रधानाध्यापकको पिटाइबाट बाग्लुङमा एक विद्यार्थी घाइते भएका छन्।

Saftey Pads

बाग्लुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको कुटाइबाट कक्षा १० का विद्यार्थी १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन्।

पौडेलको अगाडिको माथिल्लो पट्टिको दाँत खसेको कुशलका बाबु प्रेमप्रसादले जानकारी दिए। अतिरिक्त गणित विषय पढाउने प्रधानाध्यापक गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेको आरोप छ।

उनले विद्यार्थी बेहोस हुने गरी कुटपिट गरेको प्रेमप्रसादको दाबी छ। बेहोस भएकाले कति समय कुटपिट गरे भन्ने समेत थाहा नपाएको पीडित विद्यार्थीले बताए। पीडितकी आमा स्वास्थ्यकर्मी भएकीले घरमै उपचार गरेर राखिएको छ। कुशलका बाबु प्रेमप्रसाद पनि शिक्षक हुन्।

उनले कुटपिट गर्ने शिक्षकविरुद्ध कानुनी उपचार खोज्ने बताए। विद्यालयमा कुटपिट भएको विषयमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक स्वयंलाई सम्पर्क गर्न खोज्दा सम्पर्क भएन। सोही विद्यालयका एक शिक्षकले भने कुटपिट भएको बताए।

अन्य सम्बन्धित समाचार:  रोटरीबाट पत्रकार पुरस्कृत
Maruti Cement