विषालु सर्पको टोकाइबाट दिदीबहिनीको मृत्यु

Prabhu Bank

दाङ । विषालु सर्पको टोकाइबाट दाङमा दिदीबहिनीको मृत्यु भएको छ।

Saftey Pads

राजपुर गाउँपालिका ७ भौवानामा बिहीबार घरमा सुतिरहेका १३ वर्षीया करिष्मा सार्की र ११ वर्षीया सुजु सार्कीको ज्यान गएको हो।

भौवानाकाका शेरबहादुर सार्कीका दुई छोरीको विषालु सर्पले टोकेपछि उपचारका लागि भारत लैजाँदै गर्दा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।

उनीहरु स्थानीय शिवशक्ति माध्यमिक विद्यालय भौवानामा कक्षा ७ र ५ मा अध्ययनरत विद्यार्थी समेत रहेको विद्यालयका प्रधानाध्यापक लिलाधर विकले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  नेकपा सचिवालय बैठकमा पस्न खाेजेपछि पेरिसडाँडाबाट एक महिला पक्राउ
Maruti Cement