अपडेटः त्रिशूली दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

Prabhu Bank

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटस्थित त्रिशूली नदीमा बस दुर्घटना हुँदा मृत्यु हुनेकोे संख्या ५ पुगेको छ। मोडमा पुगेपछि घुमाउन खोज्दा बस झण्डै एक सय मिटर तल त्रिशूली नदीमा खसेको हो।

Saftey Pads

सर्लाहीका ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम र ठेगाना नखुलेको एक जना पुरुषको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमाव वैदवारले बताए।

यसैगरी नदीले बगाएर ल्याउँदै गरेको अवस्थामा मुग्लिन नजिकैबाट २ जनाको शव प्राप्त भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका अन्य १६ जनाको उपचार भैरहेको छ।

घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, राजमार्ग सामुदायिक अस्पताल गजुरी, र ट्रमा सेन्टर काठमाण्डौमा उपचार भैरहेको छ।

अन्य सम्बन्धित समाचार:  पाल्पा: पहिराेमा पुरिएका तीन जनाको शव फेला
Maruti Cement