भारतको केरलामा बाढी, २० को मृत्यु

Prabhu Bank

काठमाण्डौ । भारतको दक्षिण राज्य केरलामा गएको २४ घण्टाभित्र आएको बाढीमा परी कम्तीमा २० को मृत्यु भएको छ।

Saftey Pads

बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार बताएका छन्।

प्रत्यक्षदर्शीहरुका अनुसार केरलाको प्रायः भागमा आएको भारी वर्षापछि बाढीको प्रकोप निम्त्याएको हो।

बाढीको प्रकोपबाट घरबारबिहीन भएका व्यक्तिहरुको लागि देशभरी ३ सय १५ ओटा उद्धार शिवीरहरु खोलिएको सरकारी अधिकारीहरुले जनाएका छन्।

सो शिवीरहरुमा ५ हजार ९३६ परिवारका २२ हजार १६५ व्यक्ति व्ल्यक्ति शरण लिई बसेका जनाइएको छ। एजेन्सी

अन्य सम्बन्धित समाचार:  कारोलिना प्लिस्कोभा फ्रेन्च ओपनको दोस्रो चरणमा
Maruti Cement