महिला साफ यू–१५ः पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने

Prabhu Bank

काठमाडौं । महिला साफ यू–१५ फुटबल च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक ‘ड्र’ अनुसार प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

Saftey Pads

भुटानमा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज २२ गते भारतसँग थिम्पुस्थित चाङलिमिथाङ मैदानमा प्रतिस्पर्धा गर्ने भएको हो।

त्यसपछि नेपालले असोज २४ गते बंगलादेशसँग खेल्दा असोज २६ गते भुटानसँग प्रतिस्पर्धा गर्ने तय भएको छ।

प्रतियोगितामा नेपाल गत संस्करण चौथो भएको थियो। प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  कारोलिना प्लिस्कोभा फ्रेन्च ओपनको दोस्रो चरणमा
Maruti Cement