राप्रपा (संयुक्त)को केन्द्रीय समितिको बैठक भदौमा हुने

Prabhu Bank

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को केन्द्रीय कार्यसमितिको बैठक आगामी भदौमा हुने भएको छ।

Saftey Pads

१० गते काठमाडौँमा हुने बैठकमा राजनीतिक, आर्थिक प्रतिवेदनका साथै भावी कार्यदिशाकाबारे छलफल गरिने भएको हो।

आगामी दिनमा ७५३ स्थानीय तहमा सङ्गठनलाई कसरी प्रभावकारी बनाउन साधारणदेखि सक्रिय सदस्यलाई आवश्यक प्रशिक्षण सञ्चालन गर्ने पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए।

पार्टीले समान विचार भएका अन्य पार्टीसँगको एकीकरणका साथै देशभर सङ्गठन सुदृढ बनाउने विषयलाई पनि बैठकमा छलफल हुने पार्टीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  काँग्रेसमा किचलो बढ्दै : देउवालाई पौडेल खेमाको एक हप्ते अल्टिमेटम
Maruti Cement