विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

Prabhu Bank

स्याङ्जा । नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ सूमहका दुई कार्यकर्ता स्याङ्जाबाट पक्राउ परेका छन्।

Saftey Pads

भिरकोट नगरपालिका–९ घर भई हाल वालिङ नगरपालिका–९ बस्ने ३० वर्षीय मोहन सिञ्जाली र भिरकोट–९ कै ४६ वर्षीय शिव दर्लामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सिञ्जालीलाई बिहीबार वालिङबाट र दर्लामीलाई बुधबार राति गल्याङ नगरपालिका–३ गल्याङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए।

पक्राउ परेकामध्ये दर्लामी जिल्ला कमिटी सदस्य हुन् भने सिञ्जाली साधारण कार्यकर्ता भएकोे बाताइएको छ।

पक्राउ परेका दुवैलाई विस्फोटक पदार्थ एवं राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  पाटन नगरपालिकाको अनियमितताका बारेमा अख्तियारले छानबिन गर्ने
Maruti Cement