मैले कसैलाई एक लपेटा हानेको छैनः प्रचण्ड

Prabhu Bank

काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैलाई एक लपेटा नहानेको बताएका छन्।

Saftey Pads

शुक्रबार राजधानीमा शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्धसंग्रह लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले विद्रोहको नेतृत्व गरे पनि हिंसात्मक गतिविधिमा आफू सहभागी नभएको प्रष्ट पारेका हुन्।

उनले सामाजिक विकृति र विसंगति सहन नसकेर आफू विद्रोहमा गएको भन्दै मान्छेहरुलाई यो कुरा पत्याउन गारो हुने र विश्वासै नलाग्ने खालको लाग्ने समेत बताए।

उनले आजभोलि केही मानिसहरुले आफूलाई बढी हिंस्रक मान्छे र अपराधि जस्तो व्यवहार गरेको बताए।

उनले गाउँघरमा बालकको झगडा हुँदा सत्य बोल्ने मान्छे रुपमा अभिभावकले आफूलाई लिने बताउँदै परिस्थितिले युद्धको नेतृत्व गर्ने मोडमा पु¥याएको बताए।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा हैदरावाद विजयी

अध्यक्ष प्रचण्डले आफू नै युद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्ने नेता भएको दावी समेत गरे।

Maruti Cement