हनुमान ढोकादेखि स्वयम्भू मन्दिरसम्म पैदलमार्ग निर्माण हुँदै

Prabhu Bank

काठमाडौं। पर्यटन वर्ष सन् २०२० लाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले हनुमान ढोका दरबार क्षेत्रदेखि स्वयम्भू मन्दिरसम्म पर्यटकका लागि पैदलमार्ग बनाउने भएको छ।

Saftey Pads

चालू आवभित्र हनुमान ढोका दरबार क्षेत्रदेखि स्वयम्भू मन्दिरसम्म पर्यटक प्रवर्द्धनको लागि पैदलमार्ग निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ।

पैदलमार्ग निर्माण गुरुयोजना र डिजाइनका लागि आव ०७६/७७को विकास निर्माणअन्तर्गत पाँच करोड रुपैयाँ विनियोजित गरिएको छ।

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्रदेखि स्वयम्भूनाथ मन्दिरसम्म २/२ किलोमिटर दूरीमा पर्ने हनुमान ढोका, मरुहिटी, दमाई टोल, नरदेवी, बराङ्खेल, घोराङ्खेल, विष्णुमति र डल्लु हुँदै स्वयम्भूसम्म पैदलमार्ग निर्माण गरिनेछ।

पर्यटन सन् २०२० लाई ध्यानमा राख्दै पैदलमार्ग निर्माण गर्न लागिएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
Maruti Cement