कैदीलाई प्रजनन अधिकार प्रस्ताव, कारागारभित्रै यौनसम्पर्क गर्न पाउने

Prabhu Bank

काठमाडौं। कैदीबन्दीलाई प्रजनन अधिकारको प्रत्याभूत दिने गरी कारागार ऐन मस्यौदा तयार भएको छ।

Saftey Pads

गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ।

मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सात ओटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेट्ने विशेष व्यवस्था गरिने उल्लेख छ।

विभागका उपसचिव एवं सूचना अधिकारी वासुदेव घिमिरेले कैदीबन्दीलाई प्रजनन अधिकार दिने नयाँ व्यवस्था समेटिएको कारागार ऐन मस्यौदा मन्त्रिपरिषद् पुगेको बताए।

यो समाचार आजको नागरिक दैनिकमा छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग
Maruti Cement