अपडेटः त्रिशूली बस दुर्घटनामा ९ शव भेटियो, अझै २१ यात्रु बेपत्ता

Prabhu Bank

काठमाण्डौ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा बस खस्दा मृत्यु भएकामध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ।

Saftey Pads

सर्लाहीको सदरमुकाम मलंगवाबाट राजधानी काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस दुर्घटना हुँदा अझै २० भन्दा बढी यात्रु नदीमा बेपत्ता छन्। धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले शनिबारे दिएको जानकारीअनुसार दुर्घटनामा परेकामध्ये ९ जनाको शव फेला परेको हो।

बसमा ४५ जना रहेका आधारमा अझै २१ यात्रु हराइरहेकाले खोजी भइरहेको उनले बताए। मृतकमध्ये ५ जनाको मात्रै सनाखत भएको छ। भारतीय नागरिक अजय दास, विजय कुर्मी, बसका कन्डक्टर ऋषि उप्रेतीको शव पहिचान भएको हो।

यसपछि कृष्णभीरनजिक फेला परेका २ शव सर्लाहीको मलंगवा १ का ४० वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षीया निमाको भएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सर्लाहीको सदरमुकामबाट ४० यात्रु, सर्लाहीकै हरिपुरबाट थप २ जना चढेको र गाडीका कर्मचारी ३ जना गरी बसमा ४५ यात्रु रहेको बताइएको छ। दुर्घटनामा परेका १६ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

सर्लाहीका भूपेन्द्रकुमार यादव, अनिस राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा र सञ्जय महतो छन्। जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर र भोगेन्द्र चौधरीको पनि जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेलाई राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा प्रारम्भिक उपचार गरी काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ। शुक्रबार बिहान सवा ३ बजेतिर त्रिशूली नदीमा खसेको हो।

अन्य सम्बन्धित समाचार:  काँग्रेसमा किचलो बढ्दै : देउवालाई पौडेल खेमाको एक हप्ते अल्टिमेटम
Maruti Cement