प्रहरी वृत्त सिंहदरबारबाट ४ कैदी भागे, २ पक्राउ, २ को खोजी जारी

Prabhu Bank

काठमाण्डौ । महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट फेरी ४ कैदी बन्दी भागेका छन्। शनिबार बिहान चोरीको मुद्दामा पक्राउ परेका थुनुवाहरू भागेका हुन्।

Saftey Pads

उनीहरू ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर भागेका हुन्। यसरी भागेका ४ थुनुवामध्ये २ लाई प्रहरीले पक्राउ गरिसकेको काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होबिन्द्र बोगटीले बताएका हुन्।

मोटरसाइकल चोरीमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको डिएसपी बोगटीले बताए।

यसअघि पनि असार २४ गते ललितपुरको भैंसेपाटी प्रभागको हिरासतबाट पनि झ्यालको डन्डी काटेर ३ थुनुवा भागेका थिए। ती थुनुवाहरुले पनि ह्याक्सो ब्लेडले झ्यालको डन्डी काटेका थिए।

त्यस्तै असार २५ गते पनि सिंहदरबार वृत्तबाट म्याद थपका लागि उच्च अदालत लगिएका रामबोल खड्का अदालतको शौचालयबाटै भागेका थिए।

अन्य सम्बन्धित समाचार:  केही स्थानमा भारी वर्षाको सम्भावना
Maruti Cement