२०२२ विश्वकप छनोट, नेपालको पहिलो खेल कुवेतसँग

Prabhu Bank

काठमाडौं । २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलअन्तर्गतको एसिया क्षेत्रको छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ।

Saftey Pads

कुवतेमा ५ सेप्टेम्बरमा कुवेत र नेपालबीच प्रतिस्पर्धा हुनेछ। सो, प्रतियोगितामा २०२३ मा चीनमा हुने एसिया कपका लागि समेत छनोट गरिनेछ।

नेपालको एकमात्र अन्तर्रा्ष्ट्रियस्तरको दशरथ रंगशाला निर्माण सम्पन्न नभएसँगै नेपालले दोस्रो चरणमा खेल्ने कुवेत, चाइनिज ताइपेइ र जोर्डनसमक्ष अनुरोध गरेको थियो।

वेतबाहेक चाइनिज ताइपेइले सुरुमै सबै खेलका लागि एन्फाको अनुरोध स्वीकारे पनि कुवेतले इन्कार गरिरहेको थियो। तर, शुक्रबार बिहान कुवेतको अनुरोधलाई स्वीकारेको एन्फाले जनाएको छ।

कुवेतले एन्फाको प्रस्ताव स्वीकारेसँगै नेपालले चार वटा खेल घरेलु मैदानमै खेल्ने लगभग पक्का भएको छ। अस्ट्रेलियासँगको खेल भने फिफा र एएफसीले सार्वजनिक गरेको तालिकामै हुनेछ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा मुम्बई इन्डियन्स विजयी

सुरुवाती तीनै खेल नेपालले अवे खेल्ने भएपछि एन्फाले १९ नोभेम्बरमा घरेलु मैदानमा कुवेतसँगको खेलका लागि रंगशाला तयार पारिसक्नु पर्नेछ।

त्यसका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयलाई रंगशाला निर्माणका लागि अनुरोध गरिसकेको छ। रंगशाला तयार नभए नेपालले हाफ म्याच न्युट्रल भेन्युमा खेल्नुपर्नेछ। नयाँ खेल तालिकाअनुसार नेपालले १० सेप्टेम्बरमा चाइनिज ताइपेइसँग खेल्नेछ।

१५ अक्टोबरमा जोर्डनससँग खेल्नेछ । त्यसैगरी, २६ मार्चमा चाइनिज ताइपैइसँग हुनेछ। ४ जुनमा नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुने बताइएको छ।

Maruti Cement