राष्ट्रिय अनुसन्धानका कर्मचारी घुससहित पक्राउ

Prabhu Bank

बुटवल । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका अनुसन्धान सहायक विरेन्द्र पाण्डे घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्।

Saftey Pads

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले शुक्रवार साँझ बुटवल ट्राफिक चोकबाट घरायसी सामान भित्र्याउन सहज बनाइदिने भन्दै ३ हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले पाण्डेसहित अन्य १ जना विरेन्द्र बर्मा पनि पक्राउ परेको बताए। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही हुन्छ।

अन्य सम्बन्धित समाचार:  खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक जना मृत्यु
Maruti Cement