काठमाडौंको म्हैपी मन्दिर क्षेत्रमा सीसी क्यामरा जडान

Prabhu Bank

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ म्हैपी मन्दिर क्षेत्रमा सीसी क्यामरा जडान गरिएको छ।

Saftey Pads

प्रदेश ३ सरकारको ५० लाख रुपैयाँ आर्थिक सहयोगमा म्हैपी मन्दिर वरपरका ३३ मुख्य मुख्य चोकमा सीसी क्यामरा जडान गरिएको हो।

सिसी क्यामरा तथा नवनिर्मित शौचालयको शनिवार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे।

महानगरपालिका प्रमुख शाक्यले शान्त र सुरक्षित महानगर निर्माणका लागि सीसी क्यामरा जडानले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रमुख शाक्यले महानगरको सबैभन्दा ठूलो १६ नम्बर वडा भएकाले बजेट विनियोजनमा विशेष प्राथमिकता दिएको उल्लेख गरे।

म्हैपी क्षेत्रको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले यसभन्दा पहिला पनि १ करोड आर्थिक सहयोग गरेको उनको भनाइ थियो।

अन्य सम्बन्धित समाचार:  कपिलवस्तु: खोलाले बगाएको जीप फेला, बेपत्ताको खोजी जारी

प्रदेशसभा सदस्य वसन्त मानन्धरले म्हैपी क्षेत्रको संरक्षणमा चुनौती बढदै गएकाले प्रदेशसरकारले म्हैपी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए।

म्हैपी, नयाँबजार, विष्णुमति पुल, मनाङ गेट लगायतको क्षेत्रमा सिसी क्यामरा जडान गरिएको उनको भनाइ थियो।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरले उपत्यकामा बढ्दै गएको अपराध नियन्त्रणका लागि सिसीटिभी क्यामरा जडानले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सीसीटीभी क्यामराको निरीक्षण भने महानगरीय प्रहरी वृत्त लैनचौरले गर्नेछ ।

Maruti Cement