खाल्डोमा डुबेर २ युवाको मृत्यु, स्थानीयले ३ वटा स्काभेटर जलाए

Prabhu Bank

धादिङ । धादिङको गजुरी गाउँपालिकामा दरिगांल खोलामा बालुवा झिक्न बनाएको खाल्डोमा डुबेर दुई युवा मृत्यु भएको छ।

Saftey Pads

शनिबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित दरिगांल खोलामा पौडी खेल्न गएका २१ वर्षीय सुमन स्याङ्तान र १८ वर्षीय भीम घलाङको खोलामा बनेको खाल्डोमा डुबेर मृत्यु भएको हो।

उनीहरुको मृत्युपिछ आक्रोशित स्थानीयबासीले खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका तीन वटा स्काभेटरमा आगो लगाएका छन्। अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

अन्य सम्बन्धित समाचार:  विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
Maruti Cement