जनताले लोकतन्त्र र जनवाद चाहन्छन्ः प्रचण्ड

Prabhu Bank

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जनताले लोकतन्त्र र जनवाद चाहेको बताएका छन्।

Saftey Pads

शनिबार हर्कबहादुर योङहाङ लिम्बुले लेखेको ’हिलिहाङ इन द हिस्ट्रि अफ नेपाल’ पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताले विगतमा जस्तो सामन्तवादी शासनसत्ता नचाहेको बताएका हुन्।

ललितपुरस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा विगतमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा दासयुगबाट सामन्तवादी युगमा ल्याएको र त्यतिबेलाका लागि त्यो अग्रगामी जस्तो भएको बताए।

उनले अहिले सामन्तवादी युगको कल्पना गर्नू प्रतिगामी हुने बताए। प्रचण्डले सामन्तवाद त्यो बेलाको दास युगका लागि अग्रगामी भए पनि पछिल्लो समय विकासको वाधक र अधिकारको वाधक भएकाले आन्दोलनबाट लोकतन्त्र र जनवाद आएको बताए।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछानेको टोली दिल्ली लगातार विजयी
Maruti Cement