गायिका विन्दु परियारको ‘म के गरौँ’ (भिडियो सहित )

काठमाण्डौ । पछिल्लो समयकी चर्चित गायिका विन्दु परियारको नयाँ गीत चर्चामा रहेको छ।  आफुलाई पाश्र्व गायिकाको रुपमा स्थापित गरेकी गायिका परियारले ‘म के गरौँ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।

एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत रहेको यस गीतमा गायिका परियार र अविरलको स्वर रहेको छ । उनले आफ्नै यूट्युब च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।

नायिका प्रियंका कार्की र भिमफेदी गाईजको नृत्य रहेको म्युजिक भिडियोर्को भिमफेदी गाईजले नै कोरियोग्राफी गरेको हो। अर्जुन अधिकारीले निर्देशन गरेका गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।

गायिका परियारको पर्ख पर्ख मायालु, पहिलो नम्बरमा, घरबारमा जस्ता गीतहरु चर्चामा रहेका छन्।

भिडियो हेर्नुहोस्

 

 

 

तपाईंको प्रतिक्रिया/टिप्पणी