‘जम्मू–कश्मीर भारतको आन्तरिक मामिला हो, नेपाल बोल्नु जरुरी छैन’

Prabhu Bank

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जम्मू–कश्मीर भारतको आन्तरिक विषय भएकाले यस बारेमा बोल्न आवश्यक नरहेको बताएको छ।

Saftey Pads

प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले शनिबार ट्वीटरमार्फत् यस्तो धारणा सार्वजनिक गरेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले भारतको केन्द्रीय सरकारले जम्मू–कश्मीरको स्वयत्तता अन्त्य गरी त्यहाँको संविधान निलम्बन गरेको र केन्द्र सरकार मातहत ल्याएको घटनाको ट्वीटरमा विरोध जनाएका थिए।

त्यसमाथि प्रतिक्रिया दिँदै प्रधानमन्त्रीका प्रेसविज्ञ बजगाईंले त्यो भारतको आन्तरिक मामिला भएको बताएका छन्।

प्रेसविज्ञ बजगाईंले आफ्नो ट्वीटमा धनराज गुरुङलाई जवाफ दिँदै भनेका छन्, ‘जसरी हामीले संविधान जारी गर्दा हाम्रो आन्तरिक मामिलामा चासो नराख भन्यो, त्यसैगरी उसको आन्तरिक मामिलामा बोल्नु जरुरी छैन। तपाईंलाई जरुरी लाग्छ भने लौ न त कांग्रेसको विज्ञप्ति आओस्।’

अन्य सम्बन्धित समाचार:  बल प्रयोग गरी ट्रमा सेन्टर पुर्याइएका डा. केसी डिस्चार्ज
Maruti Cement