नेपोलीमाथि बार्सिलोनाको सानदार जित

Prabhu Bank

काठमाडौं। प्रि–सिजन टुर अन्तर्गत नेपोली विरुद्धको मैत्रीपूर्ण खेलमा बार्सिलोना चार शून्यले विजयी भएको छ।

Saftey Pads

बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोलको योगदान गरे। गएराति भएको खेलमा बार्सिलोनाले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो।

तर ४८ औं मिनेटमा लुइस स्वारेजको गोल मार्फत बार्सिलोनाले खेलमा अग्रता बनायो। त्यसपछि ५६ औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे।

त्यसको दुई मिनेटपछि फेरी स्वारेजले गोल गर्दै बार्सिलोनालाई तीन शून्यले अगाडी राखे। खेलको ६३ औं मिनेटमा उस्मान डिम्बेलेले गोल गरेपछि बार्सिलोनाले चार शून्यको सहज जित हात पार्यो।

अन्य सम्बन्धित समाचार:  कोरोनाका कारण भारतमा एकै दिनमा १ हजार १४१ जनाको मृत्यु
Maruti Cement