एउटा बसले अन्य ३ बसलाई ठक्कर दिँदा १६ घाइते

Prabhu Bank

काठमाडौं। एउटा बसले अन्य तीनओटा बसलाई ठक्कर दिँदा १६ यात्रु घाइते भएका छन्।

Saftey Pads

आइतबार बिहान काठामाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले अन्य  तीनओटा बसलाई ठक्कर दिँदा १६ जना यात्रु घाइते भएका हुन्।

बा ४ ख ५७९४ नम्बरको बस अनियन्त्रित भई बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नम्बरको तीनओटा बसलाई ठक्कर दिएको प्रहरीको भनाइ छ।

दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि नागरिक अस्पताल र ३ जनालाई मध्यपुर अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत डीएसपी रेवतीरमण पोखरेलले बताए।

घाइतेहरु सबैको अवस्था  सामान्य रहेको बताइएको छ। ४ ओटै सवारी साधन महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरको नियन्त्रणमा राखिएको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप
Maruti Cement