आरक्षण बचाऔं आन्दोलनमा सहभागी ११ जना पक्राउ

Prabhu Bank

काठमाडौं। आरक्षण बचाऔं आन्दोलनमा सहभागी ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Saftey Pads

सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको कार्यक्रम राखेको थियो ।

भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागीहरु नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेनसहित ११ जना पक्राउ परेका हुन्।

उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ।

अन्य सम्बन्धित समाचार:  अनुराग कश्यपविरुद्ध यौन दुर्व्यवहारको उजुरी
Maruti Cement