वर्षेनी ५ हजार व्यक्तिद्वारा आत्महत्या

Prabhu Bank

काठमाडौं। नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन्।

Saftey Pads

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन्।

आत्महत्याका विभिन्न रूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गर्दछन्। आव २०७५/७६ मा झुण्डिएर तीन हजार ८६३, विष खाएर एक हजार १८२, हामफालेर ४७, पानीमा हाम फालेर २३, आगो लगाएर २२, हात हतियारबाट १३, करेन्ट लगाएर ४ र विष्फोटक पदार्थ प्रयोग गरेर १ जनाले आत्महत्या गरेका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पाखरेलले घरायसी तनाव र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको बताए। मानिसमा हुने तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउने उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएको छ। आव २०७४/७५ मा पाँच हजार ३१७ ले आत्महत्या गरेका थिए।

Maruti Cement