मिस नेपाल ‘अर्थ’ प्रिया बनिन् साझाको केन्द्रीय सदस्य

Prabhu Bank

काठमाडौं। पूर्व सिम नेपाल ‘अर्थ’ प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।

Saftey Pads

गएको वर्षकी मिस नेपाल ‘अर्थ’ २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।

‘डेभलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी प्रिया सिग्देल पिछडिएका महिलाहरूको सशक्तीकरणका लागि काम गर्ने सामाजिक संस्था ‘हात्ती हात्ती’की संस्थापक अध्यक्ष पनि हुन्। उनले फिलिपिन्समा भएको मिस ‘अर्थ’मा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

‘मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फेसन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रम प्रस्तोता नै हुने होला भन्ने हुँदो रहेछ। तर मलाई भित्रैदेखि राजनीतिक रूपमा अघि बढेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर छ। अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य छ। अग्रज पुस्तासँग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति भएको छ।’ उनले भनिन्।

अन्य सम्बन्धित समाचार:  विश्वभर कोरोनाबाट मर्नेको संख्या १० लाख नाघ्यो

देश र विदेशमा युवा नेतृत्वकर्ताको रूपमा आफूलाई अघि बढाइरहेकी सिग्देलजस्ता युवा साझा पार्टीमा सामेल हुनु पार्टी निर्माणका लागि अत्यन्तै उत्साहजनक रहेको पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यको भनाइ छ।

Maruti Cement