आरक्षण बचाऔं अभियानमा सहभागी १४ जना पक्राउ(नामसहित)

Prabhu Bank

काठमाडौं। आरक्षण बचाऔं आन्दोलनमा सहभागी १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Saftey Pads

पूर्वघोषित कार्यक्रमअनुसार आइतबार सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको कार्यक्रम राखेको थियो।

उनीहरुले लोकतान्त्रिक शासन व्यवस्थामा शान्तिपूर्ण धर्ना बस्दासमेत अनावश्यक बल प्रयोग गरेर ज्यादती गरेकोमा घोर निन्दा र भर्त्सना गरेका छन्।

उनीहरुलाई अहिले महेन्द्र पुलिस क्लब, प्रदशर्नीमार्गमा राखिएको छ।

पक्राउ पर्ने अभियानकर्ताहरुः

१, गोबिन्द छन्त्याल, काबा अध्यक्ष, नेफिन
२, भक्त विश्वकर्मा, अध्यक्ष, दलित गैसस महासंघ
३, कुमार लिङ्देन, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
४, दलमर्दन कामी केन्द्रीय सदस्य समाजवादी पार्टी नेपाल
५, सुखवीर थामी
६, सहेक विश्वकर्मा
७, हेमन्त राई
८, काशिन्द्र यादव
९, राकेश राई
१०, सि एन थारू
११, कल्पना सुनार
१२, उस्पार सुनार
१३, थाङ्साङ लावती
१४, वाङ्जु तामाङ ।

अन्य सम्बन्धित समाचार:  बल प्रयोग गरी ट्रमा सेन्टर पुर्याइएका डा. केसी डिस्चार्ज

सम्बन्धीत समाचारः

आरक्षण बचाऔं आन्दोलनमा सहभागी ११ जना पक्राउ

Maruti Cement