नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा

Prabhu Bank

काठमाडौं। नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा गरिएको छ।

Saftey Pads

नेपाल भलिबल संघले आइतबार प्रेस विज्ञप्ति निकाल्दै इम राना मगरको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो।

एसियन भलिबल कन्फेडेरेसन(एभीसी) सेन्ट्रल जोन र सागलाई मध्यनजर गर्दै मुख्य प्रशिक्षक हान एबिङले बन्द प्रशिक्षणमा रहेका १८ जना सदस्यहरुबाट छनौट गरी १४ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

आगामी २ भदौदेखि ७ सम्म चल्ने सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान गरी ७ टोलीले प्रतिस्पर्धा गर्ने छन्।

टोलीः

इम बहादुर राना मगर(कप्तान)
कुलबहादुर थापा(उपकप्तान)
दिपक राज जोशी
धनबहादुर भट्ट
विशाल विक
राजेन्द्र विष्ट
टेकराज अवस्थी
हरिबहादुर अधिकारी
दुर्गा बहादुर खड्का
नरेन्द्र गिरी
ईश्वर थापा मगर
राजकुमार निरौला
हरिहजुर थापा
विनोद बहादुर चन्द

अन्य सम्बन्धित समाचार:  क्यानले तोक्यो क्रिकेट खेलाडीको पारिश्रमिक
Maruti Cement