कांग्रेस बैठकः स्थानीय तह सङ्गठन पुनर्संरचना निर्देशिका पारित

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तह सङ्गठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका सर्वसम्मत पारित गरी लागू गर्ने निर्णय गरेको छ।

कांग्रेसको आइतबार बसेको बैठकले विधानको धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको सङ्गठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकाले विधानको धारा ५०(५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

निर्णयलाई पार्टीको आगामी महासमिति महाधिवेशनमा पेश गरी अनुमोदन गराइने छ।

 

तपाईंको प्रतिक्रिया/टिप्पणी