रोमासँग रियल स्तब्ध

Prabhu Bank

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिड मैत्रीपूर्ण खेलमा रोमासँग पराजित भएको छ।

Saftey Pads

गएराति भएको खेलमा रियल मड्रिड रोमासँग प्यानल्टी सुटआउटमा पराजित भएको हो। निर्धारित समयसम्म २–२ गोलको बराबरी खेलेको रियल प्यानल्टीमा भने ५–४ ले पराजित हुन पुग्यो।

खेलमा सुरुवाती अग्रता भने रियलले बनाएको थियो। खेलको १६ औं मिनेटमा नै मार्सेलोले गोल गर्दै अग्रता दिलाएका थिए।

तर ३४औं मिनेटमा डिएगो पेरोटीले रोमाका लागि गोल गर्दै १–१ को बराबरीमा ल्याएका थिए। ३९औं मिनेटमा रियलका लागि कासिमिरोले गोल गर्दै २–१ गोलको अग्रता दिलाए।

तर, ४० औं मिनेटमा रोमाले गोल गर्दै २–२ गोलको बराबरीमा ल्यायो। यो पटक भने इडिन डिजकोले गोल गरे। पहिलो हाफमै २–२ गोल भएको खेलमा दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन्।

अन्य सम्बन्धित समाचार:  आईपीएल: आजकाे खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच

त्यसपछि प्यानल्टीमा धकेलिएको खेलमा रियल ५–४ ले स्तब्ध बन्यो।

Maruti Cement