प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन्।

स्वास्थ्य परीक्षणको लागि गत १८ साउनमा सिंगापुर पुगेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कने भएका हुन्।

सोमबार आउने भनिएको तर स्वास्थ्य परीक्षणको सबै रिपोर्टहरु नआएका कारण प्रधानमन्त्री ओली आज १२ः३० बजे स्वदेश आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

नियमित स्वास्थ्य परीक्षणका लागि सिंपगापुर पुगेका प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित ९ सदस्यीय सहभागी थिए।

तपाईंको प्रतिक्रिया/टिप्पणी