बकर इद आज मनाइँदै

Prabhu Bank

काठमाडौं। मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ।

Saftey Pads

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्।

नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ। यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, कश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीहरुको भिड लाग्ने गर्छन्।

हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बताइन्छ।

 

अन्य सम्बन्धित समाचार:  माछा मार्न गएका चार नेपाली भारतीयको कब्जामा
Maruti Cement