संयुक्त वडा कार्यालयमा कुकर बम विष्फोट

Prabhu Bank

झापा । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा कुकर बम विष्फोट भएको छ।

Saftey Pads

सोमबार बिहान साढे चार बजेतिर घरमै निर्मित कुकर बम विष्फोट गराइएको हो। विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ।

झापाको गरामनीमा विर्तामोड नगरपालिकाका वडा नम्बर ७, ८ र ९ को कार्यालय एउटै भवनमा रहेका छन्।
घटनास्थलमा कुकरका टुक्रा भेटिएका थियो। बम विष्फोटमा विप्लव समूहको संलग्नता रहेको प्रारम्भिक अनुमान गरिएको छ।

घटनाबारे जानकारी पाएपछि चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। यसैगरी जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली पनि भद्रपुरबाट घटनास्थल पुगेको थियो।

अन्य सम्बन्धित समाचार:  थप ९ प्रकारका स्यानिटाइजर गुणस्तरहीन: प्रयोग नगर्न आग्रह
Maruti Cement