आफ्नै छोरी करणी गर्ने बाबु पक्राउ

Prabhu Bank

कपिलवस्तु । आफ्नै छोरीलाई जवरजस्ती करणी गर्ने बाबु पक्राउ परेका छन्।

Saftey Pads

यशोधरा गाउँपालिका–७ मा गत मंगलबार राति १३ वर्षीय छोरीलाई जवरजस्ती करणी गरेको पीडित बालिकाकी आमाले जानकारी दिए सँगै बाबुलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थाहा पाएपछि पीडित बालिकाकी आमाले पतिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छिन्।

किटानी जाहेरीका आधारमा आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए।

अन्य सम्बन्धित समाचार:  केही स्थानमा भारी वर्षाको सम्भावना
Maruti Cement