भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित कर्मचारीले गरे आत्महत्या

Prabhu Bank

काठमाडौँ । भ्रष्टाचार मुद्दा लागि निलम्बनमा परेका एक पूर्व सरकारी कर्मचारीले आत्महत्या गरेका छन्।

Saftey Pads

मालपोत कार्यालय कलंकीमा कार्यरत पुर्व कर्मचारी हरि आर्चायले अख्तियार प्रमुखलाई ‘दुई सय वर्ष बाच्नू’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन्।

उदयपुर घर भएका आर्चायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई ‘दुई सय वर्ष बाच्नू’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको उदयपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले सुसाइड नोटमा पारिवारिक तनावका कुरा पनि उल्लेख रहेको बताए।

‘मैले सरकारी कर्मचारी हुँदा दुई रुपैयाँ पनि घुस खाएको थिएनँ तर मलाई फसाईयो, अख्तियार प्रमुख ज्यू तपाईँ दुई सय वर्ष बाच्नुहोला’, आचार्यले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग

डिएसपी केसीले सुसाइड नोटमा आचार्यले नेपाल सतिले सरापेको देश रहेको पनि उल्लेख गरेको बताए। उनका अनुसार दुई पानाको सुसाइड नोटमा घरपरिवारलाई पनि विभिन्न खाले सन्देश लेखिएको छ।

उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय आचार्य साउन २५ गते बेलुका ६ बजेदेखि बेपत्ता भएका थिए। त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जंगलमा आइतबार बिहान उनी झुण्डिएको अवस्थामा फेला परेका थिए।

Maruti Cement