स्वेताले लेखिन् मर्मस्पर्शी स्टाटसः श्रीकृष्णसँगको प्रेम कुनै ’जोक’ होइन

काठमाडौं । नायिका स्वेता खड्काले भावुक स्टाटस लेखेकी छन्। हाल बेल्जियममा रहेकी स्वेताले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठलाई सम्झँदै आफ्नो फेसबुक वालमा मर्मस्पर्शी स्टाटस लेखेकी हुन्।

उनका पति श्रीकृष्णको पाँचौ पुण्य तिथि साउन २९ गते परेको छ। पुण्य तिथिको पुर्वसन्ध्यामा उनले यस्तो मर्मस्पर्शी स्टाटस लेखेकी हुन्।

उनले श्रीकृष्णलाई बिर्सन नसकेको र सदासदा मस्तिष्कमा रहिरने लेखेकी छिन्।

उनले केही मिडियाहरुले आफू र आफ्ना स्वर्गीय पतीबीचको प्रेमलाई ‘जोक’ बनाएको आरोप लगाएकी छन्।

आफ्नो र स्वर्गिय पतिबीचको माया कुनै एउटा पत्रकारले मापन गर्न नसक्ने उनको भनाई छ। उनले श्रीकृष्णसँगको प्रेम कुनै ’जोक’ नभएको भन्दै ’जोक’ नबनाउन समेत अनुरोध गरेकी छन्।

मैले के गुमाए र के पाएँ त्यस्को हिसाबकिताव गर्ने हो भने यो उमेरसम्म आईपुग्दा जती पाएको छु त्यो भन्दा धेरै कुरा गुमाएको…

Posted by Shweta Khadka on Sunday, August 11, 2019

 

तपाईंको प्रतिक्रिया/टिप्पणी