घुस रकमसहित सहायक वन अधिकृत पक्राउ

Prabhu Bank

डोटी । वन कार्यालय, वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत घुस रकमसहित पक्राउ परेका छन्।

Saftey Pads

वीपीनगरका आठौं तहका वन अधिकृत सुरेशचन्द्र डीसी ३ लाख २६ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले डीसीलाई आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, भाँत्काँडाको खाजा पसलबाट घुस रकमसहित नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए।

नियन्त्रणमा लिइएका डीसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ । विष्टका अनुसार उनलाई आजै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट थप अनुसन्धानका लागि काठमाडौं लैजाने तयारी छ।

अन्य सम्बन्धित समाचार:  नरभक्षी बाघ नियन्त्रणमा
Maruti Cement